|

काठमाडौं : नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिमा सत्ता इतर प्यानलले स्पष्ट जित हात पारेको छ। 

चुनावी मैदानमा नेपाली कांग्रेसनिकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल र एमालेका माधव नेपाल पक्ष निकट प्रेस चौतारीको समूह लगायतले एउटा गठबन्धन बनाएका थिए। अर्को गठबन्धनमा एमालेका अध्यक्ष ओलीपक्षीय चौतारी, राप्रपानिकट मिडिया नेपाल र जसपानिकट प्रेस मञ्च नेपाल लगायत थिए।

प्रतिष्ठान प्रदेश समितिमा सत्ता इतर गठबन्धनका तर्फबाट अध्यक्षमा बालकृष्ण अधिकारी ९४३ मत प्राप्त गरी विजयी भए। उनका प्रतिद्वन्द्वी उद्धवकुमार कार्कीले ३३१ मत पाए।

यस्तै, उपाध्यक्षमा पनि प्यानलकै वीरेन्द्र ओली विजयी भए। उनले सत्तानिकट प्यानलका सरोज कोइरालालाई पराजित गरेका हुन्‌।

​महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहराले जित हासिल गरेका हुन्‌।

​विजेताहरू सबै सत्ता इतर गठबन्धनका हुन्‌।

​प्रतिष्ठान प्रदेश समितिअन्तर्गत भएको चुनावको अन्तिम मत परिणाम :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.