|

काठमाडौं : नेपाल पत्रकार महासंघको गत बुधबार सम्पन्न निर्वाचनको मत परिणाम आज बेलुकीसम्म सार्वजनिक गरिने भएको छ।

हालसम्म ५२ जिल्लाको परिणाम आइसकेको छ। अब करिब ४ सय मत गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।

पत्रकार महासंघको नयाँ नेतृत्वको लागि केन्द्रसहित १० वटा प्रदेश, ७६ जिल्ला शाखा, ४२ वटा प्रतिष्ठान र एशोसियटमा मतदान भएको थियो। देशभरका झण्डै १३ हजार पत्रकारमध्ये ९२ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका थिए।

यो पटक पत्रकार महासंघको निर्वाचन प्रत्यक्ष प्रणालीबाट भएको छ। तीन वर्ष कार्यकाल रहने महासंघको नेतृत्वका लागि विभिन्न संगठन सँगको गठबन्धनमा विपुल पोखरेल नेतृत्वमा एउटा प्यानल र निर्मला शर्मा नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा होमिएका थिए।त्यस्तै, गजेन्द्रसिंह बुढाथोकी पनि अध्यक्ष पदमा चुनाव लडेका थिए।

जारी मतगणनामा अधिकांश क्षेत्रमा विपुल पोखरेल नेतृत्वको गठबन्धनलाई धेरै मत प्राप्त भएको छ भने विजयी हुनेमा पनि अधिकांश स्थानमा यही समूहका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.