कञ्चनपुर : डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाबिस ७ का बल बहादुर सुनारलाई प्रहरीले २७ वर्षपछि शुक्रबार पक्राउ गरेको छ।
कञ्चनपुर जिल्ला अदालतको विसं २०५० साल असार ३ गतेको फैसलाअनुसार ६ वर्ष कैद र ६२ हजार चार सय १५ जरिवाना भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले घरमै लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका सुनारलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।
नेपाल भारत सीमा क्षेत्रमा भारतीय डाकाहरुको सहयोग लिई विसं २०३२ सालदेखि सुनारले विभिन्न डकैतीका घटनामा संलग्न रहँदै आएका थिए।
प्रहरी नायव उपरीक्षक थापाका अनुसार सुनार विसं २०४४, विसं २०४८ र विसं २०५० सालका डकैतीका बारदातमा संलग्न रहेका थिए। सुनार डकैतीको कार्यमा संलग्नहरुका नाइकेका रुपमा रहेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।