|

लमजुङ : जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिका–१० का अपांगता भएका दुई महिलालाई घरमै नागरिकता प्रदान गरिएको छ। अपांगताका कारण जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने उनीहरुलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको हो।

घडेरीकी ४१ वर्षीया सन्तमाया तामाङ र बेसी भाचोककी २३ वर्षीया कृष्णा घिमिरेलाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। शनिवार प्रजिअ शर्मा सहितको टोली घिमिरे र तामाङको घरमा पुगेको थियो। विविध कारण जिल्ला प्रशासन कार्यालयसम्म आएर नागरिकता लिन नसक्ने अवस्थाका नागरिकलाई वडा कार्यालयको समन्वयमा घरमै पुगेर नागरिकता वितरण लगायतका सेवा प्रवाह गर्दै आएको प्रजिअ शर्माले बताए।

२०३७ सालमा जन्मिएकी सन्त र २०५४ सालमा जन्मिएकी कृष्णा शारीरिक रुपमा अशक्त भएको जानकारी आएपछि वडा अध्यक्ष पूर्णबहादुर थापाको समन्वयमा शनिबार भए पनि नगारिकता प्रदान गर्न प्रजिअसहितको टोली उनीहरुको घरमै पुगेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.