|

काठमाडौं :  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा सनराइजर्स हैदरावादमाथि शानदार जित निकाल्दै कोलकाताले लिगमा उत्कृष्ट सुरुवात गरेको हो। 

एमए चिदमबर्मा स्टेडियमा कोलकाताले दिएको १८८ रनको लक्ष्य हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो। हैदरावादका लागि मनिस पान्ड्या र जोनी बेरिस्टोले अर्धशतकीय पारी खेले। ४४ बल खेलेका मनिसले २ चौका र ३ छक्काको सहयोगमा ६१ रन बनाए। त्यस्तै ४० बल खेलेका बेरिस्टोले ५ चौका र ३ छक्का प्रहार गरे।​

बलिङतर्फ कोलकाताका लागि प्रशिद्ध कृष्णले दुई विकेट लिए। त्यस्तै शाकिब अल हसन, प्याट कमिन्स र आन्द्रे रशेलले समान एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। कोलकाताका लागि नितेस रानाले ८० रनको  पारी खेले। ५६ बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै राहुल तिपाठीले ५३ रनको अर्धशतकीय पारी खेले। २९ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै दिनेश कार्तिकले २२ रनको योगदान गरे । बलिङतर्फ हैदरावादका लागि राशिद खान र मोहमद नावीले समान दुई–दुई विकेट लिए । त्यस्तै भुवनेश्वर कुमार र थनगार्सु नटराजनले एक–एक विकेट लिए। 

जितसँगै कोलकाताले जारी लिगमा एक खेलबाट २ अंक जोडेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.