|

काठमाडौं :  आइपीएल क्रिकेटको १४ औँ संंस्करणको चौथो खेलमा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग ४ रनले पराजित भएको छ। रोयल्का कप्तान सन्जु सामसनले यस वर्षको पहिलो शतक बनाएका छन्। शतक बनाए  पनि  उनको टिम पराजित हुन पुग्यो। 

सोमबार राति पञ्जाबले दिएको २२२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन मात्रै बनाउन सक्यो। अन्तिम ओभरमा जितका लागि १३ रन बनाउनु पर्ने भएपनि राजस्थानले ८ रन मात्रै बनायो

अन्तिमसम्म क्रिजमा टिकेका सामसनले ११९ रनको शतकीय पारी खेले। अन्तिम बलमा जितका लागि छक्का चाहिएका बेला सन्जु क्याचआउट भए।

त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो। उसका लागि कप्तान लोकेश राहुलले ९१ रन बनाए। 

जितसँगै पञ्जाब २ अंकसहित तेस्रो स्थानमा छ। समान अंक भएपनि रनरेटका आधारमा दिल्ली पहिलो, कोलकत्ता दोस्रो र बेंग्लोर चौथो स्थानमा छ। आइपीएलमा आज राति मुम्बई र कोलकत्ता खेल्दैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.