|

काठमाडौं : स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

गएराति सम्पन्न क्वाटरफाइनलको खेलमा प्रिमियर लिग क्लब लिभरपुलसँग गोलरहित बराबरी खेल्दै रियल म्याड्रिड समग्रमा ३-१ को जितसहित सेमिफाइनलमा पुगेको हो।

यससँगै लिभरपुलको यस सिजनको च्याम्पियन्स लिग यात्राको अन्त्य भएको छ। योसँगै अब रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रिमियर लिग क्लब चेल्सीको सामना गर्ने छ। सेमिफाइनल खेलको पहिलो लिग २७ अप्रिलमा र दोस्रो लिग मे ४ मा हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.