|

काठमाडाैं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका कैयन् मिडिया 'फेक न्युज प्रोडक्सन फ्याक्ट्री' भएको ठोकुवा गरेका छन्। 

शुक्रबार ट्विटमार्फत पूर्वमन्त्री बाँस्कोटाले सत्यतथ्य पुष्टि गर्न नभई मिडियाले मालिकका इच्छा पूरा गर्न र कथाहरू बनाउने गरेका पनि आरोप लगाए। साथै पाठकप्रतिको जवाफदेहिताबाट मिडियाहरू मुक्त भएका भएका लेखेका छन्। पूर्वमन्त्री बाँस्कोटाले कटाक्ष गर्दै 'यो नै हाम्रो माैलिक पूर्ण प्रेस स्वतन्त्रता' भएको पनि लेखेका छन्।  

हिजो (बिहीबार) प्रधानमन्त्री र भारतीय खुफिया एजेन्ट 'रअ' प्रमुख सामन्त गोयलबीच सम्झाैता भएको र त्यो राष्ट्रहित भएको भन्दै समाचार बनाएका थिए। यद्यपि प्रधानमन्त्री कार्यालयले यसलाई निराधार र झुट भएको बताएको छ। पूर्वमन्त्री बाँस्कोटाको यस भनाइ पनि यही समाचारलक्षित हो। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.