|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सर्वदलीय  बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरलगायत संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको नेताहरू सहभागी छन्। 

तर,ओलीले शुक्रबार प्रचण्डलाई टेलिफोन गरेर सर्वदलीय बैठकमा बोलाएका प्रचण्ड आज सर्वदलीय बैठकबारे पार्टीलाई कुनै आधिकारिक जानकारी नआएको भन्दै उनी बैठकमा उपस्थित भएनन्। ओलीले फोन गरेर आफूलाई बोलाएको कुरा शुक्रबार ललितपुरको एक गाउँपालिकामा भवन उदघाटनका क्रममा पुगेका प्रचण्ड आफैँले बताएका थिए। 

​त्यस्तै, ओलीले बोलाएको बैठकमा उनी इतर समूहका माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी छैनन्। जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा उपस्थित भएनन्। ओलीले बोलाएको बैठकमा सरकारविरुद्ध मोर्चाबन्दी गरिरहेको नेताहरू उपस्थित छैनन्।

समसामयिक राजनीति, संसद् अधिवेशन, कोरोना भाइरसको महामारीलगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बोलाइएको हो। प्रधानमन्त्री ओलीले यसअघि गत मंसिर २३ मा पनि सर्वदलीय बैठक आह्वान गरेका थिए।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.