|

धनगढी : कैलालीसँग जोडिएको त्रिनगर– गौरीफन्टा नाका बन्द गरिने भएको छ। भारतको उत्तर प्रदेशमा पञ्चायत चुनाव अर्थात् स्थानीय तहको चुनाव हुँदै छ। चुनावलाई मध्यनजर गर्दै कैलाली जिल्लासँग जोडिएको गौरीफन्टा नाकामा आइतबार बेलुकीदेखि सोमबार बेलुकीसम्म आवतजावत पूर्ण रूपमा बन्द गरिने भएको हो।

चुनावी अवस्थालाई मध्यनगर गर्दै गौरीफन्टा नाका बन्द गरिने भएको कैलाली प्रशासनले जनाएको छ। सो नाका भएर अहिले दैनिक हजार बढी नेपाली स्वदेश फर्किरहेका छ्न। वैशाख ५ गते साँझदेखि ६ गतेसम्म नाका पूर्ण रुपमा बन्द रहनेछ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.