काठमाडाैं : गाईबान्नामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए। घाइते सबैको सुर्खेतका विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए।
काठमाडौंबाट दैलेखका लागि छुटेको ना७ख ६९६३ नम्बरको बस दुर्घटनामा परेको हो। अन्य यात्रुलाई गन्तव्यमा पठाइसकिएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।