|

पाकिस्तानको धार्मिक अतिवादी दल तहरीक–ए–तब्बैक (टीएलपी) का समर्थकहरूले लाहोर लगायत देशका विभिन्न शहरमा हिंस्रक प्रदर्शन गरेका छन्। प्रदर्शन क्रममा उनीहरूले प्रहरीलाई नै बन्धक बनाएको खबर छ।

केन्द्रीय मन्त्री शेख रशीदले एक भिडियो जारी गर्दै लाहोरमा प्रतिबन्धित टीएलपीले बन्धक बनाएका प्रहरीहरूलाई मुक्त गरिएको जानकारी दिएका छन्। सो पार्टीका प्रतिनिधिहरूबीच कुरा गरेपछि यो सम्भव भएको र वार्ता सोमबार पनि जारी रहने उल्लेख गरेका छन्।

आइतबार लाहोरको नवाँकोटमा डीएसपी उम फारुक बलूच सहित १२ प्रहरी जवानलाई टीएलपीका कार्यकर्ताले बन्धक बनाएका थिए। 

प्रदर्शनमा सरकारले दमन गरेको भन्दै धार्मिक संस्था रुवित–ए–हिलाल समितिका पूर्वअध्यक्ष मुनीब–उर–रहमानले सोमबार राष्ट्रव्यापी हड्ताल आह्वान गरेका छन्। 
पाकिस्तान सरकारले यसै महिना देशका विभिन्न शहरमा हिंस्रक प्रदर्शन गरेपछि तहरीक–ए–लब्बैकमाथि प्रतिबन्ध लगाएको थियो। 

सो प्रतिबन्ध लगत्तै आइतबार लाहोरमा सो टीएलपीका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए। प्रदर्शन क्रममा कार्यक्रर्ताहरू र १५ प्रहरी घाइते भएका छन्।

टीएलपीका नेता साद हुसैन रिजवी र उनका कयौं सहयोगीहरू गिरफ्तारीमा परेपछि निजका समर्थकहरूले पाकिस्तानका अधिकांश स्थानमा प्रदर्शन गरिरहेका हुन्।

यसबीचमा प्रहरीले आतंकवाद प्रतिरोधी कानूनबमोजिम तहरिक–ए–लब्बैज पाकिस्तान पार्टी (टीएलपी) का कयौं नेताहरूलाई पक्राउ गरेको छ।

लाहोर प्रहरीले तहरिक ए लब्बैज पाकिस्तानका प्रमुख साद हुसैन रिजवी र अन्य नेताहरूलाई पाकिस्तानको दण्ड संहिताका अलग–अलग धारा लगाएर पक्राउ गरेको हो।

साद हुसेन तहरीक–ए–लब्बैक पाकिस्तानका संस्थापक नेता मौलाना खादिम हुसैन रिजवीका पुत्र हुन्। 

आफ्ना नेता समातिएपछि लब्बैकका समर्थकहरूले गरेको हिंस्रक प्रदर्शन क्रममा सिपाही मोहम्मद अफजलको ज्यान ज्यान गएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.