|

काठमाडाैं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा) का सांसदलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर दुइ मन्त्रीले राजीनामा दिएलगत्तै जसपाका चार सांसद मन्त्री बन्न लागेका हुन्। 

माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागिएको हो । 

माओवादी केन्द्र र कांग्रेस मिलेर मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको दुई घण्टा नबित्दै जसपाले सरकारलाई समर्थन गर्ने भएको हो ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागिसकेको मुख्यमन्त्रीका सहयोगी सरोज देवकोटाले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.