|

काठमाडौं : सरकारले स्कुल बन्द गर्ने निर्णय गरेपनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा नरोक्ने भएको छ। त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आइतबारबाट परीक्षा सञ्चालन गरिसकेकोले नरोक्ने जानकारी दिए। 

उनका अनुसार अहिले मानविकी,व्यवस्थापन र शिक्षा संकायको दोस्रो वर्षको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। ‘यो वार्षिक परीक्षा हो त्यसैले परीक्षा रोकिँदैन’ उनले भने,‘पढाइ भने अब रोकिन सक्छ।’ 

सोमबार बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले वैशाखभर अति प्रभावित जिल्लाहरु काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङका सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.