|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल समूहका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधेपछि नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ। बानेश्वरको अर्याल होटलमा ३ बजे बैठकका लागि बोलाइएको हो। 

बैठकमा सहभागी हुन सांसदहरु आउने क्रम जारी छ।  एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी बनाउन खोजेको आरोपसहित अन्तिम चेतावनी सहितको स्पष्टीकरण सोधेको छ। 

सांसदहरुलाई अन्तिम मौका भन्दै तीन दिनभित्र चित्तबुझ्दो जवाफ नफर्काए थप कारबाही हुनसक्ने चेतावनी समेत दिइएको छ। 

कर्णालीका ५  बाहेक २७ सांसदलाई संसद पदबाट किन नहटाउने ? भन्ने प्रश्नसहितको स्पष्टीकरण एमाले अध्यक्ष ओलीले प्रश्न सोधेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.