|

काठमाडौं : पछिल्लो २४ घण्टामा ३० देखि ३९ वर्ष उमेर समूहका युवाहरू सबैभन्दा धेरै कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २४ घण्टामा भेटिएका कुल संक्रमित १ हजार ७ सय ३६ जनामध्ये ४ सय १७ जना ३० देखि ३९ वर्ष उमेर समूहका रहेका छन्।

यस्तै, २० देखि २९ वर्षका ३ सय ७० जना, ४० देखि ४९ वर्षका ३ सय १२ जना, ५० देखि ५९ वर्षका १ सय ९३ जना, ६० देखि ६९ उमेर समूहका १ सय ११ जना, ७० देखि ७९ उमेर समूहका ५३ जना, ८० देखि ८९ वर्ष उमेर समूहका १० जना र ९० देखि १०० वर्षका ३ जना र उमेर नखुलेका ५ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

यस्तै, ९ वर्षमुनिका ४३ जना र १० देखि १९  वर्षसम्मका १ सय ५० जना संक्रमित भेटिएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.