|

म्याग्दी : वसन्त ऋतुको याम। प्रकृति दुलही झैं सिंगारिने समय हो यो। त्यसमा पनि विभिन्न प्रजातीका गुराँस फुलेपछि म्याग्दीका पाखा पखेरा, वन‚ जंगल अहिले गुलजार भएका छन्।

लाली गुराँसको हब भनेर चिनिएको म्याग्दीको पर्यटकीय क्षेत्र घोडेपानी मात्र होइन जिल्लाका अधिकांश स्थानमा ढकमक्क लालीगुराँस फुलेको छ। १९ प्रजातिका लालीगुराँस पाइने घोडेपानी क्षेत्रमा गण्डकी प्रदेश सरकारले लालीगुराँसको पार्क नै बनाउने योजना ल्याएको छ।

रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेका जंगल पनि लालीगुराँसका फूलले रंगिन बनेको छ। कुइनेमंगलेको पात्लेखर्कमाथिका लसुनबारी, चिमाली बुकी यरियाका जंगलमा थरीथरीका गुराँसका फुलहरूले सजिएका छन्। गुराँस फुलेपछि जंगलमा पुग्ने जो कोही रमाउने गरेका छन्।

तर‚ कोरोना कहरका कारण विदेशी पर्यटकहरूले भने यस वर्ष लालीगुराँसको सौन्दर्य अवलोकन गर्न पाएनन् । म्याग्दीका ३२ वटा जंगलमा लालीगुराँस फुल्ने वन डिभिजन कार्यालयको तथ्यांक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.