|

काठमाडाैं : ला लिगमा आज राति तेस्रो स्थानको बार्सिलोना र साताैं स्थानको भिल्लारियलबीच खेल हुँदै छ। नेपाली समयअनुसार आज राति ८ बजे खेल हुनेछ। बार्सिलोनाले आज राति लिगमा ३२ औं खेल खेल्दै छ। 

आज जित निकाल्न सके ऊ दोस्रो स्थानमा उक्लिनेछ। एक खेल बढी खेलेको रियल मड्रिडको ३३ खेलबाट ७१ अंक छ। आज जिते बार्सिलोनाले पनि ७१ अंक बनाई रियल मड्रिडलाई गोलअन्तरमा पछि पार्नेछ। 

गएराति रियलले बराबरी खेल्दा बार्सिलोनालाई फाइदा पुगेको थियो। भिल्लारियलले भने ३२ खेलबाट ४९ अंक बनाएको छ। उसले १३ वटा बराबरी गरेको छ भने १२ वटामा जित निकालेको छ। 

शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको भने  ३२ खेलपछि ७३ अंक छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.