|

पोखरा : गण्डकीका सांसदको आजै कोरोना जाँच हुने भएकाे छ। सत्तारुढ एमालेका सांसदले सांसदको पिसिआर जाँच गर्नुपर्ने माग राखेर संसद अवरुद्ध गरेपछि सांसदहरुको कोरोना जाँच हुने भएको हो।

पिसिआर परीक्षण भएपछि मात्रै बैठक चल्ने सहमतिपछि भोलि दिउँसो एक बजेका लागि संसद बैठक डाँकिएको छ। सभामुखको कार्यकक्षमा आजै बसेको प्रदेश सभा कार्य व्यवस्था समितिको बैठकले सबै सांसदको पिसिआर परीक्षण गर्ने सहमति गरेको छ।

‘आज स्वाब संकलन गरेर भोलिसम्ममा रिपोर्ट आउने भएकाले दलहरुबीच यस्तो सहमति जुटेको हो,’ एमाले संसदीय दलका नेता कृष्ण थापाले भने। कुनै सांसदमा कोरोना रिपोर्ट पोजेटिभ आएपनि भोट भने हाल्न पाउने छन्। तर, बोल्न पाउने छैनन्। 

उनीहरुलाई मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा छलफलमा सहभागी हुन नदिने र मतदान गर्न भने दिने सहमति पनि कार्य व्यवस्था परामर्श समितिको बैठकमा जुटेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.