|

काभ्रे : काभ्रेमा कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले बुधबार राति धुलिखेल नगरपालिकाका ८२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको जानकारी दिएका छन्। 

बुधबार स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पुरुषलाई धुलिखेल अस्पताल भर्ना भएका थिए। निमोनिया र उच्च रक्तचापबाट पीडित उनको बुधबार राति उपचार क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार उनलाई आकस्मिक कक्षबाट आइसियु कक्षमा सारेर थप उपचार गर्दै गर्दा ८२ उनको मृत्यु भएको हो। योसँगै काभ्रेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६ पुगेको छ।

त्यस्तै आजै मात्रै जिल्ला दोस्रो लहरको कोरोना भाइरस संक्रमित थप ५० जना थपिएसँगै जिल्लामा नयाँ संक्रमितको संख्या २ सय १ पुगेको छ। 

कार्यालयका प्रमुख डा झाले काठमाडौ उपत्यका नजिकैको जिल्ला भएकोले काभ्रेमा पनि सेमि लकडाउन गर्ने तयारीमा रहेको बताए। बिहीबार बस्ने बैठकबारे यसको टुंगो लाग्ने पनि उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.