|

सिन्धुली : सिन्धुलीमा प्रहरीले बाल विवाह रोकेको छ।

उमेर नपुगेकी कमलामाई नगरपालिका–२ चियाबारीकी दुलही र मकवानपुर जिल्लाको बकैया गाउँपालिका –७ का दुलहाबीच शुक्रबार हुन लागेको विवाह प्रहरीले रोकेको हो।

दुलहाको विवाह गर्ने उमेर पुगे पनि दुलहीको उमेर नपुगेको पाइएपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए।

बालविवाह रोकेपछि दुलहा पक्ष दुलही नलिई घर फर्किएको छ। प्रहरी उपरीक्षक थपलियाका अनुसार दुलहाको उमेर २५ वर्ष र दुलहीको उमेर १८ वर्ष ६ महिना पुगेको थियो।

किशोरीको उमेर नपुग्दै विवाह हुन लागेको जानकारी आएपछि विवाहस्थलमा पुगेर बुझ्दा बालविवाह हुन लागेको पाइएपछि रोक्नुपरेको थपलियाले बताए।

‘बाल विवाह हुँदैछ भन्ने जानकारी आएपछि प्रहरी पठायौँ। सोधपुछ गर्दा केटीको उमेर नपुगेको देखिएपछि विवाह रोकिएको हो,’ उनले भने। प्रहरीले दुलहीको घरबाट दुलहा,दुलहीसहित दुवै पक्षका अभिभावकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याइएको उनले बताए।

कार्यालयमा ल्याएर बाल विवाहको मुद्दा दर्ता गर्न लाग्दा दुलाहा, दुलही पक्षले आफूहरुलाई बाल विवाह गर्न पाइन्न र दुलहीको उमेर पुगेपछि मात्रै विवाह गर्छौं भनेर दुवै पक्षले कागज परेपछि उनीहरूलाई छोडिएको थपलियाले जानकारी दिए।

दुलहा विवाह रोकेर घर फर्केका छन्। दुलहीलाई अभिभावकले घर लगेका छन्’, उनले भने। दुलहा आउने बित्तिकै सूचना आएकाले तत्काल प्रहरी गएपछि विवाहको कार्य पूरा नहुँदै रोकिएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.