|

बर्दिया : कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि बर्दियामा लागू गरिएको निषेधाज्ञाको अवधि लम्बिएको छ। बर्दियामा अब वैशाख ३१ गतेसम्मका लागि कडा खालको लकडाउन गरिने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।

शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार वैशाख २० गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। यसअघि गएको सोमबारबाट बर्दियाका मुख्यमुख्य बजार क्षेत्रहरूमा १९ गते रातिसम्मका लागि निषेधाज्ञा गरिएको थियो।

कारोना महामारीले भयावह रूप लिने अवस्था देखिएपछि कडा खालको निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी निषेधाज्ञाको अवधिमा अत्यावश्‍यक बाहेकका सबै गतिविधि बन्द रहने उनले जनाए।

बैंक तथा वित्तीय संस्थाहरूको हकमा पनि आलोपालो सुविधा प्रदान गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

निषेधाज्ञाको अवधिमा जिल्ला प्रशासन कार्यालयको आदेश उल्लंघन गर्ने व्यक्तिलाई  संक्रामक रोग ऐनअन्तर्गत कारबाही गरिने पनि जनाइएको छ।

कोभिडको संक्रमणको जोखिम कम गर्न दैनिक उपभोग्य र कृषि उपज बाहेकका सबै हाटबजार, खेलकुद, मेला पर्व, भेला, आमसभा सञ्चालन गर्न पाइने छैन्। सिमा नाकाहरुमा अझ कडाइ गरिरहेको जनाइएको छ।

बर्दियामा अहिले कोरोना परीक्षण गराएका मध्ये ८८ प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको छ।

आवश्यक स्रोतसाधन अभाव रहेको बर्दियामा यही गतिमा संक्रमित थपिँदै गए स्थिति भयावह बन्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्। शुक्रबार मात्रै बर्दियाका २ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.