|

झापा : झापामा छुट्टाछुट्टै दुर्घटना परी शनिबार दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कचनकवलमा करेन्ट लागेर र बिर्तामोडमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

कचनकबल गाउँपालिका २ का ७३ वर्षीया गङ्गादेवी बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ। शनिबार दिउँसो ३ बजे आफ्नै घरमा बत्ती बाल्ने क्रममा स्वीच थिच्दा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

त्यस्तै बिर्तामोड नगरपालिका ४ का २० वर्षीय सन्दीप अधिकारीको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ। शनिबार दिउँसो साढे २ बजे बिर्तामोडको पारिजात टोल स्थितमा मे १ त ७००५ नम्बरको बालुवा बोकेको ट्याक्टर अनलोड गर्न ब्याक गर्न खोज्दा ट्याक्टरको डाला पल्टिदा सहचालक अधिकारीको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ। ट्याक्टर र चालक सोही ठाउँका अनिल खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.