|

अमेरिकाले अक्सिजन र अत्यावश्यक सामग्री राखेर तीनवटा विमान भारततर्फ पठाएको छ। कोरोना महामारीले भयावह स्थिति निम्त्याएको भारतमा अक्सिजन र औषधि चरम अभाव भइरहेको छ। 

यूएस एजेन्सी फर इन्टरनेशनल डेभेलपमेन्टले अमेरिकाका थप तीनवटा जहाज भारतको सहयोगका लागि पठाइएको जानकारी दिएको हो। 

सो विमानमा अक्सिजन सिलिण्डर र अक्सिजन प्रवाह गर्न आवश्यक उपकरण तथा स्वास्थ्यसम्बन्धी अन्य अत्यावश्यक सामग्री राखिएको छ। 

साथै, ९ लाख थान एन–९५ मास्क पनि सो विमानमा पठाइएको छ। 

अमेरिकाले यसअघि कोरोनासँग जुध्न भारतलाई अत्यावश्यक सामग्री बोकेको दुईवटा विमान पठाइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.