|

संखुवासभा : जबरजस्ती करणी कसुरमा अदालतबाट दोषी ठहर एक व्यक्ति १० वर्षपछि पक्राउ परेका छन्। चैनपुर नगरपालिका–१० का ४३ वर्षीय गणेशबहादुर भनिने लेकबहादुर अधिकारीलाई ईलाका प्रहरी कार्यालय चैनपुरले पक्राउ गरेको हो।

१० वर्षअघि १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी कसुरमा दाषी ठहर अधिकारीलाई सुनसरीको खनारबाट पक्राउ गरिएको ईलाका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए। नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत संखुवासभाले २०७२ माघ १८ गते अधिकारीलाई १२ वर्ष कैद सजाय तोकेको थियो। उनले २०६८ माघ १२ मा नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए। 

१० वर्षदेखि फरार अधिकारीलाई सुराकीको आधारमा शनिबार खनारबाट पक्राउ गरिएको प्रहरी निरीक्षक खतिवडाले बताए। अधिकारीलाई प्रहरीले आइतबार जिल्ला अदालतमा पेश गरी आइतबार नै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिए।

त्यसैगरी इलाका प्रहरी कार्यालय चैनपुरले लागु औषध मुद्दामा फरार प्रतिवादीलाई समेत पक्राउ गरेको छ। प्रहरीले चैनपुर–४ का ५३ वर्षीय तिलबहादुर तामाङलाई बैशाख ६ गते पक्राउ गरी कारागार चलान गरेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए। जिल्ला अदालत चैनपुरले २०७६ जेठ १५ को फैसलाले लागुऔषध मुद्दामा ४ महिना २४ दिन कैद र जरीवाना  ५ हजार रुपैयाँको सजाय तोकेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.