|

काठमाडौं : पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्न समेत समस्या हुँदै गएको छ। 

यस अघि कोरोनाबाट मृत्यु भएकाहरुको शव पशुपतिको विद्युतीय शव गृहमा मात्र व्यवस्थापन गरिँदै आएकाेमा विद्युतीय शव गृहले मात्र थेग्न नसकेपछि पशुपतिकै बाग्मती किनारामा शवको व्यवस्थापन गर्न थालिएको छ। 

संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाले अनुसार पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नुपरेको बताएको छ। सेनाका प्रवक्ता  सहायकरथी सन्तोषबल्लभ पौडेलले अनुसार पछिल्लो दिनहरुमा संक्रमणबाट मृत्यु भएर व्यवस्थापन गर्नुपर्ने शवको संख्या धेरै भएको र विद्युतीय शव गृहलेमात्र थेग्न नसकेपछि सम्पुर्ण स्वास्थ्य मापदण्ड पालना गरेर बाग्मती किनारामा शवको व्यवस्थापन गरिएको बताए।

उनले भने,‘विद्युतीय शव गृहमा एउटै शव व्यवस्थापन गर्न एक घन्टा भन्दा धेरै समय लाग्छ, यता  संक्रमणबाट मृत्यु भएर व्यवस्थापन गर्नुपर्ने शवको संख्या धेरै हुन थालेपछि सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर बाग्मती किनारामा नै व्यवस्थापन गर्न लागिएको हो।’ यही तरिकाले संक्रमितको मृत्युको संख्या बढ्दै गए सामूहिक तरिकाले शव व्यवस्थापन गर्नुपर्ने समेत उनले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.