|

काठमाडौं : बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

गएराति बाँकेको भेरी अस्पतालमा बाँके जिल्लाका ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जनाकारी दिए।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बाँकेकै २७ वर्षीय पुरुषको मृत्यु भएको छ। 

बाँकेमा कोरोनाबाट हालसम्म १४५ जनाको मृत्यु भएको र बाहिर जिल्लामा १ सय २५ जना मृत्यु भएको वलीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.