|

सुर्खेत : कोरोना भाइरस संक्रमण रोकथामका लागि सुर्खेतमा लगाइएको निषेधाज्ञा १० दिन थपिएको छ। बैशाख १८ गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले बैशाख २१ गते राति १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म थप गरिएको हो। यसअघि बैशाख १४ गते राति १२ बजेदेखि २१ गते रातिसम्म निषेधाज्ञा लगाइएको थियो।

आदेशको उल्लंघन गरे संक्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिम एक महिनासम्म कैद वा १०० रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ। साथै, आदेशको कार्यान्वयनमा बाधा पु¥याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रजिअ छबिलाल रिजालले जानकारी दिए।

निषेधाज्ञा अवधिमा सार्वजनिक यातायातका सेवा र अत्यावश्यकबाहेकका सबै व्यवसाय सञ्चालनमा रोक लगाइएको छ। औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल, खाद्य सामाग्री, फलफूल, तरकारी र दुग्धजन्य पसल भने बिहान ६ देखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ।

विवाह, व्रतवन्ध, मृत्युसंस्कार बढीमा १० जनासम्म स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर उपस्थित हुन पाइने कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.