|

जनकपुरधाम : भारतमा दोश्रो चरणको कोरोनाको संक्रमणमा वृद्धि हुने क्रम नरोकिएको हुँदा नेपाल–भारत धनुषा जिल्लासँग जोडिएका सबै सीमानाका आजदेखि सिल गरिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गए हुँदा रोकथाम तथा नियन्त्रणका लागि सिल गरिएको जानकारी दिए।

प्रजिअ बास्तोलाले धनुषासँग जोडिएका जटही, इनर्वा, खजुरी सहितका सबै नाका शील गरेर आवतजावत पूर्ण रुपमा रोक लगाइएको जनाए। नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले आइतबार गरेको निर्णयमा धनुषा जिल्लाका कुनै पनि नाका नखुलेको उल्लेख छ।

धनुषाका कुनै नाका नपरेकोले जिल्लाका नाकाबाट भारततर्फ आवतजावत गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले आज जारी गरेको सूचनामा उल्लेख छ।

सीमा नाका सिल गरेसँगै त्यस क्षेत्रमा भारी संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरेर निगरानी बढाइएको छ। खुला सीमा भएको कारण कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्नबाट रोक लगाउन उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गस्ती बढाइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.