|

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट जलेश्वर कारागारमा पठाउनुपर्ने ५ कैदीबन्दीलाई कोरोना संक्रमण भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले हिरासतमा रहेका ७ जनामध्ये ५ जना कैदीबन्दीको  स्वाब परीक्षण रिपोर्टमा उनीहरू कोरोना संक्रमित रहेको देखिएको बताए। संक्रमितहरू २२ देखि ४० वर्ष उमेर समूहका हुन्।

'जलेश्वर कारागारमा पठाउनुअघि ७ जनाको स्वाब संकलन गरी प्रादेशिक ल्याबमा पीसीआर परीक्षणमा गरिएको थियो। परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ,’ प्रहरी उपरीक्षक रानाभाटले बताए।

संक्रमित कैदीबन्दीका लागि जिल्ला प्रहरी कार्यालयभित्रै अलग आइसोलेसन कक्ष व्यवस्था गरिएको एसपी रानाभाटले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.