|

स्याङ्जा : बुधबार एकै गाउँका १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको छ।

वालिङ-१, धरमपानीका स्थानीयवासीमा कोरोनाको लक्षण देखिएपछि वालिङस्थित गह्रौं प्राथमिक अस्पताल र स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर गरेको स्वास्थ्य परीक्षण गरेको थियो।

गत १४ गते गाउँमा चौरासी पूजाको आयोजना गरिएको र पूजामा केही सहभागीलाई लक्षण देखिएपछि उनीहरू एन्टिजिन परीक्षण गर्न गह्रौं प्राथमिक अस्पतालमा आएका थिए।

‘एन्टिजेन परीक्षणमा सातै जनालाई कोरोना पोजेटिभ देखिएपछि धरमपानी गाउँमै गएर परीक्षण गर्यौँ, २५ जनाको नमुना परीक्षण गर्दा १९ जना संक्रमित भेट्यौँ। अहिले गाउँ नै सिल गरेका छौँ,’ नगरप्रमुख खाँणले भने।

उक्त गाउँमा ९ वर्षका बालकदेखि ७७ वर्षकी ज्येष्ठ महिला सम्म संक्रमित रहेको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए। सङ्क्रमण हुनेमा महिला १४ जना र पुरुष ५ जना रहेका छन्।

गाउँमै पुगेर आवश्यक औषधि वितरण गरिएको र समस्या परेको खण्डमा जुनसुकै समयमा पनि स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा रहेका पाण्डेले बताए। वालिङ स्थित गह्रौं प्राथमिक अस्पतालमा ६ बेडमा अक्सिजनसहितको आइसोलेसन संचालनमा ल्याइएको छ।

कोरोनाको हब बन्दै गएको वालिङ नगरभित्र बुधबार मात्रै ३५ जना नयाँ संक्रमित थपिएका छन्। हाल सम्म वालिङमा मात्रै २०८ र जिल्लाभर ३३१ जना सक्रिय संक्रमित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.