|

दाङ : कोरोनाको दोस्रो लहर सुरु भएपछि दाङमा १४ जना पत्रकार संक्रमित भएका छन्। तीमध्ये एकको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर छ।

पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीका अनुसार गम्भीर संक्रमितको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ। अन्य १२ जना पत्रकार होम आइसोलेसनमा रहेका छन्। उनीहरुको अवस्था सुधारोन्मुख रहेको उनले बताए । 

संक्रमित  पत्रकारमध्ये केहीका परिवारका सदस्य समेत  संक्रमित भएका छन्। उनीहरुको अवस्था पनि सुधार भैरहेको अध्यक्ष केसीले बताए।

‘केही साथीहरु घरमा बस्दा परिवारलाई पनि संक्रमण फैलने समस्या भैरहेको छ,’ अध्यक्ष केसीले भने, ‘त्यसैलाई  मध्यनजर गरी हामीले महासंघ कार्यालयमा ६ शय्याको आइसोलेसन तयार पारेका छौं। तरm अक्सिजनको अभाव भएको छ।’

आइसोलेसनमा घोराही उपमहानगरपालिका–१५ का शीतल रावतले दुईवटा सिलिण्डर उपलब्ध गराएको उनले बताए। अझै कम्तीमा १० वटा अक्सिजन सिलिण्डर आवश्यक परेको अध्यक्ष केसीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.