|

रुकुम (पूर्व) : पहिलो पटक जिल्लाका एक कोरोना संक्रमितको मृत्यु भएको छ। केही दिनअघि मलेसियाबाट आएका सिस्ने गाउँपालिका–३ का ३३ वर्षीय पुरुषको मृत्यु भएको हो।

पुरुषमा ज्वरोको लक्षण देखिएपछि यही २० गते छिमेकी जिल्ला रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा कोरोना परीक्षण गर्न गएका थिए। एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको रुकुम पश्चिम जिल्ला अस्पतालका कोरोना रोग फोकल पर्सन ईश्वर रावलले जानकारी दिए।

कोरोना पोजिटिभ देखिएपछि जिल्ला अस्पताल सल्लेमा उपचारत पुरुषको शुक्रबार बिहान करिब ३ बजेतिर मृत्यु भएको रावलले बताए। आइसोलेसन भर्ना भएपछि ‍श्‍वासप्रश्वासमा समस्या भएका उनमा २ दिनपछि पखाला लाग्ने पनि सुरु भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी गरिएको भए पनि शुक्रबार अवस्था थप जटिल बनेपछि अस्पतालको गेटबाट फर्काइएको थियो। रुकुमपूर्वमा बिहीबारसम्म संक्रिय संक्रमितको संख्या २४ जना रहेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.