|

पर्वत : गण्डकी प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ। योसँगै प्रदेशमा सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या दुई सय ५१ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा मृत्युको पुष्टि गरिएको छ।

मृत्यु भएकामध्ये एक जना पर्वतको कुस्मा नगरपालिका–१ पाङ्गका ४० वर्षीय पुरुष रहेका छन्। उनको शुक्रबार साँझ उपचारको क्रममा पोखरास्थित मेडिप्लस अस्पतालमा मृत्यु भएको हो। वैशाख सात गते सङ्क्रमणको पुष्टि भएका ती पुरुषमा उच्च रक्तचाप, निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्या रहेको पाइएको छ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका–१३ की ४८ वर्षीया महिलाको पनि शुक्रवार साँझ उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। उनमा सङ्क्रमण रहेको कुरा वैशाख १३ मा पुष्टि भएको तथा उनमा निमोनियाको समस्या रहेको निर्देशनालयले जनाएको छ।

यस्तै, शुक्रबार साँझ नै पोखराकै मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–१० ८१ वर्षीय सङ्क्रमित पुरुषको पनि मृत्यु भएको छ। शुक्रबार नै उनमा सङ्क्रमण रहेको पुष्टि भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.