काठमाडौं : आज कानुन दिवस, कानुन र न्याय क्षेत्रमा संलग्नहरूले यो दिवस मनाउँदैछन्।
यो वर्ष कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाका कारण कुनै पनि औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन्। नेपालमा २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएको थियो। त्यसमा २००९ साल वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनले लालमोहर लगाएर कार्यान्वयनमा ल्याएका थिए। सोही दिनको दिनको स्मरणमा हरेक वर्ष २६ वैशाखलाई कानून दिवसको रुपमा मनाइन्छ।
यो वर्ष ‘स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताका प्रधानन्यायाधीशको प्रतिबद्धता’ नारा तय गरिएको छ । दिवसको अवसरमा शुभकामना जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँच युक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।
यो दिवस कानून र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएकाले यसलाई राष्ट्रिय पर्वकै रुपमा कोरोना महामारीको सजगता अपनाउँदै घर-घरबाटै शुभकामना आदान– प्रदान गरी मनाउन प्रधानन्यायाधीश राणाले आग्रह गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।