|

जनकपुरधाम : प्रदेश २ मा १९ जना प्रहरी र  ५६ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरज प्रताप सिंहका अनुसार महोत्तरी बाहेकका ७ जिल्लाका प्रहरीमा कोरोना पोजिटिभ भएको हो।

सिंहले बारामा ६ जना, पर्सामा ५ जना, सर्लाहीमा ३ जना, सिरहामा २ जना संक्रमित भएका छन् भने सप्तरी, धनुषा र रौतहटमा १–१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको बताए।  

संक्रमित प्रहरीमध्ये पर्साका एक जना अक्सिजनको सपोर्टमा उपचार गराइरहेको छ भने बाँकीको अवस्था सामान्य रहेको बताइएको छ। उनीहरु सम्बन्धित कार्यालयकै आइसोलेसनमा उपचार गराइरहेका छन्।

त्यसैगरी प्रदेशका विभिन्न जिल्लाका प्रहरी कार्यालयको हिरासतमा रहेका ५६ जना थुनुवामा पनि कोरोना संक्रमण देखिएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी पर्सा प्रहरीको हिरासतमा रहेका ३९ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ भने रौतहटका १० जना, धनुषाका ५ जना तथा महोत्तरी र सर्लाही प्रहरी हिरासतमा रहेका १–१ जना थुनुवामा संक्रमण देखिएको छ।

संक्रमित थुनुवाहरुलाई पनि सम्बन्धित प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.