|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप खरिदका क्रममा कसैलाई पनि कमिसन नदिएको र नलिएको स्पस्ट पारेका छन्।

आज (मंगलबार) मन्त्रालयले गरेको भ्रचूअल पत्रकार सम्मेलनमा उनले बाहिर हल्ला गरिए अनुसार खोपमा कमिसनको खेल नभएको बताएका हुन्। उनले भने, ‘यो विषयमा बाहिर धेरै हल्ला भएको छ।

संसद सम्म नै कुरा उठेको छ तर, म के स्पष्ट पार्न चाहन्छु भने खोप खरिदका लागि कसैलाई एक पैसा कमिसन दिएका छैनौं र लिएका पनि छैनौं।’ यस्तै मन्त्री त्रिपाठीले कोरोनाको दोस्रो लहर संक्रमण हाल एकदमै जटिल अवस्थामा पुगेको र अहिलेको स्वास्थ्य प्रणालीले थेग्न गाह्रो भएको समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.