|

काठमाडौं : सरकारले देशभरका एक सय बेडभन्दा माथिका निजी तथा सरकारी अस्पताललाई आफैँले १५ दिनभित्रमा अक्सिजन प्लान्ट बनाई सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोभिड-१९ बारे जानकारी दिदै अस्पताललाई यस्तो निर्देशन दिएका हुन्।

‘मन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा बसेकाे बैठकले १०० बेड भन्दा माथि भएका नीजि तथा अस्पतालले १५ दिन भित्रमा आफैले अक्सिजन प्लान्ट बनाई सञ्चालन ल्याएर मन्त्रालयमा जानकारी दिनुपर्ने निर्णय भएको छ,’उनले भने,‘यसको सहजीकरण मन्त्रालयले गर्नेछ।’

त्यस्तै, १० हजार रेम्डेसिभिर औषधlको सरकारी अस्पतालमा गरिबी,बिपन्नलाई हुनेगरी सामाजिक सेवा इकाइको सिफारिसमा नि:शुल्क वितरण गरिने उनले जानकारी दिए। कुपन्डोलको आयन हेल्थकेयरले खरिद गरेको रेम्डेसिभिर औषधीको भने खरिद गर्न चार हजार नौ सय रुपैयाँ लाग्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.