|

काठमाडौं : उपत्यकामा पछिल्लो २४ घण्टामा थप तीन हजार पाँच सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकअनुसार काठमाडौंमा २७ सय ३३, भक्तपुरमा तीन सय ४८ र ललितपुरमा चार सय ८१ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा सक्रिय संक्रमित ३१ हजार ७३ जना पुगेको छ भने,अहिलेसम्म एक हजार ७ जनाको मृत्यु भएको छ। भक्तपुरमा चार हजार सात सय ५३ सक्रिय संक्रमित छन्। अहिलेसम्म दुई सय १ जना संक्रमितको मृत्यु भएको छ।

त्यस्तै, ललितपुरमा हाल ६ हजार ८ सय ४० जना सक्रिय संक्रमित छन् भने, अहिलेसम्म दुई सय ७२ कोरोना संक्रमितको मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.