|

काठमाडौं : मुस्लिम आयोगले इद उल फित्र घरमै बसेर मनाउन अपिल गरेको छ। नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले कोभिड संक्रमणको जोखिम बढ्दै गएको हुँदा सामुहिक रुपमा नमाज नपढ्न र इद उल फित्र पनि घरमा नै बसेर मनाउन आग्रह गरे।

यस्तै अध्यक्ष अन्सारीले स्थानीय स्तरमा आइसोलेसन तथा क्वारेन्टाइन केन्द्र बनाउन आवश्यक देखिए मस्जित तथा मदरसा उपलब्ध गराउन मस्लिम समुदायलाई आग्रह पनि गरे। मुस्लिम धर्माबलम्बीहरुले मान्ने हिजरी संम्वतको नवौं महिना रमादान महिना हुने र रमादान महिनाभर ब्रत (रोजा) बस्ने चलन छ।

यो महिनामा कुरान आएको भन्ने विश्वास गरिन्छ। मुस्लिम धर्मावलम्बीहरुको एक महिना लामो रमदान ब्रत बिहीबार सकिएको छ। शुक्रबार पहिलो नमाज पढेपछि इद उल फित्र मनाउने गरिन्छ। कोरोना संक्रमणको कारण रमदान महिनाभरि मुसलमान समुदायले नजिकको मस्जितमा गएर नमाज पढ्न पाएनन् भने सामुहिक रुपमा मनाइने इद उल फित्र पर्व पनि घरमा नै मनाउनु पर्ने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.