|

पर्सा : पर्सामा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सनन विनय श्रीवास्तवकाअ अनुसार डोकैला बहुअरीकी ५० वर्षीया महिलाको बिहीबार राति ९ः३५ बजे मृत्यु भएको हो।

कोरानाको दोस्रो लहर आएपछि पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ जनाको मृत्यु भइसकेको छ। पर्सामा बिहीबार मात्रै १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। दोस्रो लहर आएपछि गत चैत ३० मा संक्रमणबाट पहिलो पटक मृत्यु भएको थियो।

यस्तै, वीरगञ्जस्थित नारायणी अस्पतालमा पछिल्लो पटक २८८ जनाको पिसिआर परक्षण गर्दा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये पर्साका ११४ जना हुन्। त्यसैगरी बाराका ३२, रौतहटका ८, सर्लाही र महोत्तरीका एक–एक जना रहेको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए। थपिएका नयाँ संक्रमितमध्ये १०७ जना पुरुष र ४९ जना महिला रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.