|

काठमाडौं : साहित्यकार एवं चलचित्रकर्मी चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ। अस्वस्थ भएपछि उनलाई एक हप्ताअघि छाउनीस्थित सैनिक अस्पताल भर्ना गरिएको थियो। उनी गत वैशाख १६ गते भारतको देहरादूनबाट काठमाडौं आएका थिए।

ज्वरो आएपछि अस्पताल भर्ना गरेर परीक्षण थाल्दा उनलाई कोरोना संक्रमण देखिएको थियो। कार्कीको उपचारको क्रममा आज बिहान निधन भएको साहित्यकार राजेन्द्र थापाले जानकारी दिए।

कार्कीले नेपालीसँगै हिन्दी र उर्दू भाषा साहित्यमा पनि कलम चलाएका थिए। उनी ५० वटा भन्दा धेरै फिल्ममा कथा तथा पटकथा लेखनसँगै निर्देशनको भूमिकामा  काम गरेका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.