|

भारतमा चलिरहेको शक्तिशाली ताउक्ते तुफानका कारण त्यहाँ हवाई सेवादेखि कोरोना विरुद्धको खोप अभियानसम्म प्रभावित भएको छ।

चक्रवातको गति १५५ देखि १६५ किलोमिटरसम्म हुने अनुमान गरिएको छ। त्यहाँको मौसम विभागका महानिर्देशक मृत्युञ्जय महापात्रले आज गुजरातका विभिन्न भूभागमा आँधीका कारण भारी वर्षा हुनसक्ने बताएका छन्।

तुफान निकै तीव्र गतिको भएकाले मछुवारलाई समुद्रमा नजान आग्रह गरिएको छ। विमान कम्पनीहरूले गोवा अन्तरराष्ट्रिय विमानस्थलमा उडान÷अवतरण स्थगित गरेका छन्। 

गुजरातका मुख्यमन्त्री विजय रूपाणीले आज र भोलि त्यहाँ खोप अभियान स्थगित गरिदिएका छन्।

तुफानका कारण त्यहाँ करिव एक दर्जन मानिसको ज्यान गएको र तटीय क्षेत्रबाट हजारौंलाई उद्धार गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.