|

काठमाडौं : पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ।

बरालको आज विहान १० बजे महाराजगञ्जस्थित निवासमा मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। उनको आजै दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने कुँवरको भनाइ छ। 

विसं १९८५ साल वैशाख ५ मा हालको पूर्वी नवलपरासी देवचुलीमा उनको जन्म भएको थियो। उनी २०२९ देखि २०३५ सालसम्म नेपाल प्रहरी महानिरीक्षक बनेका थिए।

उनी २०३६ देखि २०४२ सालसम्म म्यान्मारका लागि आवासी नेपाली राजदूत भएका थिए। यसका अतिरिक्त उनले इन्डोनेसिया, सिङ्गापुर र फ्रेन्च इन्डो–चाइना (लाओस, कम्बोडिया र भियतनाम)का लागि गैरआवासीय राजदूतको जिम्मेवारी एकैसाथ बहन गरेका थिए।

बर्माका लागि नेपाली राजदूतबाट निवृत्त भएपछि उनी राष्ट्रिय पञ्चायतमा मनोनीत सांसद भएका थिए। सांसदको रूपमा सेवा समाप्त गरेपछि उनले युनाइटेड नेसन्स ट्रान्जिसन्ल अथरिटी इन कम्बोडिया (उन्टाक) को प्रमुख सम्पर्क अधिकृत भएर काम गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.