|

हेटौंडा : बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उप-निर्वाचनको मतगणना सुरु भएको छ। 

प्रदेश राजधानी हेटौंडाको भुटनदेवी माविमा भएको मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको हो। 

विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ३ सय ३८ मत खसेको थियो । 

प्रदेश सांसद १ सय ५ र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३३ जनाले मतदान गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.