|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा परेका दुवै दाबी किर्ते भएको भन्दै खारेज गर्न माग गरेका छन्। 

सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीमा विश्वासको मत प्राप्त गर्ने आधार नरहेको बताएका हुन्।उनले दुवै दाबी जाली र किर्ते  भएको भन्दै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा गर्न भनेका छन्। 

'दुवै जाली/किर्ते हुन्, दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस्', थापाले लेखेका छन्, यिनीहरुले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे, अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ।'

ओलीले १ सय ५३ सांसदको समर्थन आफूलाई रहेको दाबी पेश गरेका छन् भने देउवाले १ सय ४९ जनाको हस्ताक्षरसहित दाबी गरेका छन्। संसदमा २७१ सांसद रहे पनि दुवैको दाबी जोड्दा नै सांसद संख्या ३ सय २ पुगेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.