|

रुकुम पूर्व : रुकुमपूर्वमा कोरोना भाइरसको नमुना परीक्षण गरिएकामध्ये ३० प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय रुकुम पूर्वको तथ्यांकअनुसार दोस्रो भेरियन्ट सुरु भएदेखि हालसम्म एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामध्ये ३० प्रतिशतभन्दा बढीमासंक्रमण पुष्टि भएको हो।

एन्टिजेन विधिबाट ४५५ जनामा कोरोनाको नमुना परीक्षण गर्दा १३८ जनामा कोरोना पुष्टि भएको कोरोना रोग नियन्त्रण फोकल पर्सन निमप्रसाद गिरीले जानकारी दिए। त्यो ३० दशमलब ३२ हुने उनले बताए। यस्तै, संक्रमितमध्ये पाँचजनाको मृत्यु भएको छ। त्यो कुल संक्रमितको ३ दशमलब ६२ प्रतिशत रहेको गिरीले जनाकारी दिए। 

१३८ जना संक्रमितमध्ये ११० जना होम आइसोलेसनमा छन्। ६ जना रुकुम पूर्व अस्पतालको आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। यसैगरी २७ जना कोरोनामुक्त भइसकेका छन्।  

अन्य जिल्लाको तुलनामा रुकुम पूर्वको स्थिति भयावह भइनसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। यद्यपि, परीक्षणका आधारमा हिमाली जिल्लामा यति संक्रमण देखिनु अवस्था गम्भीर रहेको भन्दै लापरवाह नगर्न जिल्लाबासीलाई स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले आग्रह गरेका छन्। यही दरमा कोरोना फैलिदै गए भोलिका दिनमा हामीसँग भएको स्रोत साधनले धान्न नसक्ने अवस्था आउन सक्ने भन्दै ढकालले चिन्ता व्यक्त गरेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.