|

काठमाडाैं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन्।

स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्ठ रुपमा स्पष्टीकरण बुझाएका छन्। 

अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका १४ प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरिएको थियो। स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानानुसार कारबाही गरिने बताइएको छ। 

बोर्डले गत पुष १० गते बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुको कारण, गत चैत ५ र ६ गते काठमाडौंमा भएको नेपाल समूहको भेलामा सहभागी हुनुका कारण र राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई मतदान नगर्नुको कारण माग गर्दै उनीहरुसँग स्पष्टीकरण सोधेको थियो।

बोर्डको शनिबारको बैठकले शाक्यसहित राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मुनु सिग्देल, वसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.