|

लमजुङ : जिल्ला सदरमुकाम बेसीशहरमा रहेको जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान भएको छ। गण्डकी प्रदेश सरकारको योजनाअनुरुप जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान गरिएको हो। 

प्लान्ट जडानका लागि प्रदेश सरकारले गत मंसिरमा ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो। चैत पहिलो सातादेखि भारतले अक्सिजनजन्य सामग्री निर्यातमा रोक लगाएपछि प्लान्ट उपकरण ल्याउने जिम्मा पाएको ओटु कन्सर्नले काममा ढिलो भएको थियो।

आवश्यक उपकरण जडान गरिएको र सम्भवत आगामी शनिवारदेखि अक्सिजन उत्पादन थालिने अस्पतालका प्रशासकीय प्रमुख हेमन्त श्रेष्ठले बताए। प्लान्टबाट दैनिक १५ सिलिण्डर अक्सिजन उत्पादन हुनेछ। उत्पादित अक्सिजनलाई पाइपलाइनमार्फत आइसियु, आइसोलेसन, इमर्जेन्सी, अन्तरंग (वार्ड) र प्रसूति वार्डमा पठाइनेछ । अस्पतालमा आइसोलेसनसहित ८२ शय्यामा पाइपलाइनमार्फत अक्सिजन जोडिएको प्रमुख श्रेष्ठको बताए।

अक्सिजनसहित २५ शय्याको आइसोलेसन रहेको जिल्ला अस्पतालमा हाल अक्सिजन बैंकमार्फत अक्सिजन उपलब्ध गराइँदै आइएको अस्पतालले जनाएको छ। कोभिड–१९ का संक्रमितको उपचार सुरु गरेदेखि दैनिक १५ वटा ठूलो सिलिण्डर खपत हुने गरेको प्रमुख श्रेष्ठले जानकारी दिए।

जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट केही राहात हुने भए पनि अस्पतालको सम्भावित जोखिमका लागि पर्याप्त नहुने अस्पताल श्रेष्ठको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.