|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले कोरोनाले राेकिएका परीक्षा वैकल्पिक विधिबाट लिन आग्रह गरेको छ।

कार्यालयले सोमबार एक सूचना जारी गरि यस्तो आग्रह गरेको हो। 

‘रोकिएको परीक्षाहरू पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैलाई यसैमा केन्द्रित भई अगाडि बढ्न र सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आफ्ना विभाग,क्याम्पस,स्कुल तथा डीन कार्यालयको सम्पर्कमा आउन हार्दिक अनुरोध गर्दछु,’ उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाद्वारा जारी सूचनामा भनिएको छ।

त्यस्तै, पठनपाठन अवरुद्ध हुन नदिनका लागि वैकल्पिक विधिमार्फत सुचारु भैरहेका कक्षाहरूलाई निरन्तरता दिन र सञ्चालन हुन बाँकी रहेका कक्षाहरू सुचारु गर्न पनि त्रिविले आग्रह गरेको छ।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.